अर्थतन्त्रका सूचक अत्यन्तै सकारात्मक छन् : अर्थमन्त्री महत बुधबार, मंसिर २७, २०८०
३ सयले घट्यो सुनको मूल्य बुधबार, मंसिर २७, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।

एनसेल सम्बन्धी रिट : चौथो पटक पेसी चढ्यो, न्यायाधीश सुवेदीको इजलासमा सुनुवाइ हुने बुधबार, मंसिर २७, २०८० सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको बुधबार चौथो पटक हो । यसअघि आइतबार, सोमबार र मंगलबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द बुधबार, मंसिर २७, २०८० आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।

पद्मप्रसाद पाण्डे संघीय संसद्को कार्यवाहक महासचिव नियुक्त बुधबार, मंसिर २७, २०८० सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसद्का प्रवक्ता टेकराज गिरीले जानकारी दिए । संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।
-1702443114.jpg)
संयुक्त राष्ट्रसङ्घको आपतकालीन बैठकले पारित गर्यो इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव बुधबार, मंसिर २७, २०८० १५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । १० सदस्य राष्ट्रले विरोध गरे भने २३ सदस्य अनुपस्थित रहे । युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्युगिनी र पाराग्वे समावेश छन् ।

आठ वर्षमा तीन पिलर मात्रै ठडिए बुधबार, मंसिर २७, २०८० कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा ८ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका ३ पिलर मात्रै ठडिएका छन् । २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई ठूलो राहत बुधबार, मंसिर २७, २०८० बेलायतका प्रधानमन्त्री ऋषि सुनकले रुवाण्डा आप्रवासन नीतिमा ठूलो राहत पाएका छन् । बेलायती संसद्मा रुवाण्डा आप्रवासन विधेयक पारित भएको छ । प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीका सबै सांसदहरूले सरकारको रुवाण्डा आप्रवासन विधेयकको पक्षमा मतदान गरेपछि सुनकलाई ठूलो राहत मिलेको हो ।
![लोक सेवा आयोगले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी [सूचनासहित]](https://newsgriha.com/uploads/posts/lok-sewa-aayog1683095799.jpg)
लोक सेवा आयोगले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी [सूचनासहित] बुधबार, मंसिर २७, २०८० बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतिबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन मागेको हो ।

काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने, धूमपान पनि निषेध बुधबार, मंसिर २७, २०८० महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागू हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग सहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो ।

कांग्रेस इतर समूहको बैठक आज बुधबार, मंसिर २७, २०८० नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९ का लागि तय भएको महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।

काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम बुधबार, मंसिर २७, २०८० काठमाडौं उपत्यकामा आज यो वर्षको न्यून तापक्रम मापन गरिएको छ । बिहान ५:४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु बुधबार, मंसिर २७, २०८० आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









