पूर्वगृहमन्त्री खाणको निवेदनमाथि सुनुवाइ हुँदै, कुन न्यायाधीशको इजलासमा चढ्यो पेसी? बिहीबार, मंसिर २८, २०८०

चिसो बढ्ने, तत्काल पानी नपर्ने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान बिहीबार, मंसिर २८, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रधानमन्त्रीले भने– नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँ बिहीबार, मंसिर २८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हवाई सेवालाई व्यवस्थित गरेर युरोपियन युनियनको कालोसूचीबाट हटाउन प्रयास गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमन र सञ्चालनको दुवै काम गर्दा हवाई सेवाको सुरक्षा तथा गुणस्तर आवश्यक मापदण्ड अनुसारको हुन नसकेको स्वीकार्दै यसमा सकेसम्म चाँडो सुधार गरिने आश्वासन पनि दिएका छन्...

सुर्तीजन्य पदार्थ बेचबिखन निगरानी गर्न काठमाडौंका मुख्य चोकमा नगर प्रहरी परिचालन बिहीबार, मंसिर २८, २०८० काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शहरका पसलहरूमा सुर्तीजन्य पदार्थ बेचबिखन भएनभएको निगरानी गर्न जनशक्ति परिचालन गरेको बताएको छ । कोटेश्वर, बालाजु, महाराजगञ्ज, चाबहिल र गौशाला क्षेत्रमा महानगर प्रहरीले लुकाएर बिक्री गरिरहेका पसलहरूमा गएर पहिलो पटकलाई सचेत गराइरहेको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए ।

काठमाडौंमा सुर्तिजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध, नगर प्रहरी परिचालन बिहीबार, मंसिर २८, २०८० सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । तर, काठमाडौं महानगरपालिकाले चालेको यो कदमप्रति व्यवसायी भने असन्तुष्ट देखिएका छन् । बजार नभएको यो अवस्थामा महानगरले चालेको कदमले नेपालकै अर्थतन्त्रमा प्रभाव पर्ने कतिपय व्यापारीहरूको भनाई छ ।
नेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने बिहीबार, मंसिर २८, २०८० नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ । ‘यात्रा टु ह्याप्पिनेस’ भन्ने नाराका साथ आगामी माघ ४ र ५ (जनवरी १८ र १९ तारिख) मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना हुने भएको हो ।

नेपाल प्रहरीका ५१३ जना असई सईमा बढुवा सिफारिस बिहीबार, मंसिर २८, २०८० प्रहरी प्रधान कार्यालयको बढुवा समितिले पाँच सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायब निरीक्षक (सई)मा बढुवाको लागि सिफारिस गरेको छ ।

पश्चिमी वायुको प्रभावले तराईमा हुस्सु, काठमाडौंमा चिसो बिहीबार, मंसिर २८, २०८० जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार तराईमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ ।

राप्रपाको कार्यालयमा महानगरको डोजर नचल्ने, बालेनलाई धक्का बुधबार, मंसिर २७, २०८० अदालतले व्यक्तिको नाममा रहेको पार्टी कार्यालय भवनको नक्सापास गरिदिन पनि परमादेश दिएको छ । यसअघि न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु बुधबार, मंसिर २७, २०८० सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका २५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

महानगरले काठमाडौंमा २६४ वटा बस बिसैनी निर्माण गर्ने बुधबार, मंसिर २७, २०८० बस बिसौनिसँगै नगरभित्र यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ ।

काउली प्रति केजी पाँच रुपैयाँमा पनि बिक्री भएन, बारीमै सड्यो बुधबार, मंसिर २७, २०८० रामेछाप र दोलखाको शैलुङ क्षेत्र आसपासमा किसानले लगाएको काउली बिक्री नहुँदा लाखौँ रुपैयाँको क्षति बेहोर्नु परेको छ । किसानले लगाएको काउली बिक्री नभएपछि बारीमा त्यतिकै सडेर गएको छ । उचित मूल्य नपाएपछि किसानले काउली बिक्री नगरी त्यतिकै बारीमा छाडिदिएका छन् ।

संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत बुधबार, मंसिर २७, २०८० संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ ।बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । गौतमले गत आइतबार राष्ट्रपति कार्यालयलाई राजीनामा बुझाएका थिए ।









