प्रचण्डकी नातिनीको बिहे पाँच तारे होटलमा, १ हजारलाई निम्तो शुक्रबार, मंसिर २९, २०८०

हराइरहेकी बालिकाको शव पोखरीमा भेटियो, बलात्कारपछि हत्याको आशंका शुक्रबार, मंसिर २९, २०८० धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव पोखरीमा फेला परेको छ । सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया राखी यादवको शव पोखरीमा फेला परेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा बलात्कार गरी हत्या भएको देखिएको छ ।

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा धनुषामा २ जनाको मृत्यु, एक जना गम्भीर घाइते शुक्रबार, मंसिर २९, २०८० धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते छन् ।
![नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग्यो [सूचनासहित]](https://newsgriha.com/uploads/posts/army-hq-1700795914.jpg)
नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग्यो [सूचनासहित] शुक्रबार, मंसिर २९, २०८० नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त माग गरेको हो ।
![यी २५ सेवामा अबदेखि हडताल गर्न नपाइने [सूचीसहित]](https://newsgriha.com/uploads/posts/police-onduty-2-1700824956.jpg)
यी २५ सेवामा अबदेखि हडताल गर्न नपाइने [सूचीसहित] शुक्रबार, मंसिर २९, २०८० बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो ।सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन शुक्रबार, मंसिर २९, २०८० मंसिर २४ देखि २९ गते (आज) सम्म दर्ता भएका दलले मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको थियो ।

देशभरी चिसो बढ्दै, सतर्कता अपनाउन अनुरोध शुक्रबार, मंसिर २९, २०८० देशभरी चिसो भने बढ्दै गएको छ । चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

१४ किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म पाँच पक्राउ बिहीबार, मंसिर २८, २०८० फ्लाइ दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा बिहीबार प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या ५ पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए ।

आज राति अत्यधिक उल्कावर्षा हुँदै, के हेर्नलाई दूरबीन चाहिन्छ? बिहीबार, मंसिर २८, २०८० अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका ससाना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ ।

असई थमन बिक हत्या प्रकरणमा लोसपा प्रदेश संसदीय दलका नेतासहित ७ जनालाई जन्मकैद बिहीबार, मंसिर २८, २०८० मधेस आन्दोलनका क्रममा असई बिक हत्याको अभियोग लागेका शर्मा यसअघि जिल्ला अदालत महोत्तरीको आदेशमा साधारण तारिखमा छुटेका थिए ।

थमन बिक हत्या प्रकरणमा एमाले सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाए बिहीबार, मंसिर २८, २०८० जिल्ला अदालत महोत्तरीले बिहीबार सांसद कोइरीलाई सफाइ दिएको हो । आगलागी मुद्दामा पनि कोइरीलाई जिल्ला अदालतले सफाइ दिएको छ । कोइरीसँगै बिक हत्या प्रकरणमा मोहन कापरले पनि सफाइ पाएका छन् ।

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश बिहीबार, मंसिर २८, २०८० उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।खाणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो ।
![एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार [भिडिओ]](https://newsgriha.com/uploads/posts/KP-oli-Dhankuta-Mahesh-Rai-1702552652.jpeg)
एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार [भिडिओ] बिहीबार, मंसिर २८, २०८० मध्यपहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका- ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।









