प्रचण्डकी नातिनीको बिहे पाँच तारे होटलमा, १ हजारलाई निम्तो

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकको बिहे आज हुँदैछ ।
विवाह पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो । उनीहरूबीच मंसिर १२ गते टीकाटालो भएको थियो । आजको विवाह समारोहमा १ हजारभन्दा बढीलाई निम्ता गरिएको छ ।
प्रतिभाले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् भने विज्ञान स्विट्जरल्याण्डमा बस्दै आएका छन् ।
उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० ०९:५६