ऐश्वर्याले बच्चन परिवारबारेको अफवाहलाई लगाइन् पूर्णविराम शनिबार, मंसिर ३०, २०८०

चिसोमा दही कसरी खाने ? शनिबार, मंसिर ३०, २०८० दूध र दूधजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । दही पनि एक दुग्ध उत्पादन हो, जसले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ । तपाईँले देख्नु भएको होला कि पेट सम्बन्धी कुनै रोग लाग्दा चिकित्सकहरूले दही खाने सल्लाह दिन्छन् । दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन बी १२, पोटासियम, म्याग्नेसियमका साथै धेरै...

आज काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने शनिबार, मंसिर ३०, २०८० नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकोले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

गेटा मेडिकल कलेजमा अनशन बस्न नपाएपछि 'देखाइदिने' भन्दै फर्किए डा. केसी शनिबार, मंसिर ३०, २०८० आमरण अनशन बस्न कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज पुगेका डा. गोविन्द केसी र स्थानीय संघर्ष समितिबीच विवाद भएको छ । गेटा मेडिकल कलेजमा अनशन बस्न काठमाडौंबाट जहाज चढेर धनगढी पुगेका केसीलाई संघर्ष समितिका सदस्यहरूले फर्काइदिएका हुन् ।

६ महिनादेखि बेपत्ता व्यक्तिको कंकाल भेटियो, आफन्तले गरे सनाखत शनिबार, मंसिर ३०, २०८० जिल्ला प्रहरी कार्यालय डीएसपी राजकुमार श्रेष्ठका अनुसार शुक्रबार दिउँसो आफन्तले उक्त शवको सनाखत गरेका हुन् । घाँस दाउरा काट्न गएका स्थानीयले जङ्गलमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल सहित घटनास्थलमा घडी र मोबाइल पनि फेला परेपछि प्रहरीले पहिचानका लागि बेपत्ता रहेका व्यक्तिका आफन्तलाई बोलाएको थियो ।
-1702107356.jpg)
आजको मौसम : हल्का हिमपातको सम्भावना शनिबार, मंसिर ३०, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, मंसिर २९, २०८० नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ ।...

सेनाको रथी पदमा बढुवा भएका अशोकराज सिग्देलले लगाए दर्ज्यानी चिन्ह शुक्रबार, मंसिर २९, २०८० २०२३ साल माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ साल फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ साल जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।

प्रधानमन्त्रीकी नातिनीको भड्किलो बिहे, कानुनले तोकेकोभन्दा धेरै सहभागि शुक्रबार, मंसिर २९, २०८० कम्युनिस्ट नेताको परिवारमा भड्किलो विवाह भएको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । विवाहको समारोहमा कानुनले तोकेकोभन्दा बढी मानिसलाई निम्ता दिइएकाले प्रधानमन्त्री र स्थानीय सरकारको प्रमुख कै परिवारले देशको कानुन पालना नगरेकोमा प्रश्न पनि उठेको हो ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि थुनामुक्त शुक्रबार, मंसिर २९, २०८० उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णप्रसाद कोइरालाले खाणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।

ग्रिस पठाइदिने प्रलोभनमा पारेर १३ लाख ठगी गर्ने होमबहादुर पक्राउ शुक्रबार, मंसिर २९, २०८० ग्रिस पठाइदिने प्रलोभनमा पारेर रकम ठगी गर्ने १ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ५० वर्षीय होमबहादुर तामाङ छन् ।

चौधरी ग्रुप स्वामित्वको दूरसञ्चार कम्पनी सीजी टेलिकमको लाइसेन्स खारेज शुक्रबार, मंसिर २९, २०८० चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिँदा लाइसेन्स स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाणलाई अख्तियारमा लगियो शुक्रबार, मंसिर २९, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ । सम्पत्ति शुद्धीकरण विभागबाट खाणलाई अख्तियारमा लगिएको हो ।









