
काठमाडौं— केही समययता ऐश्वर्या राय र अभिषेक बच्चनको वैवाहिक जीवनमा समस्या परेको खबर आइरहेका थिए ।
बिछोडको अफवाहबीच ऐश्वर्या राय अहिले पति अभिषेक र ससुरा अमिताभसँग देखा परेकी छन् । बच्चन परिवारसँग एक कार्यक्रममा सहभागी भएको ऐश्वर्याको भिडिओ सार्वजनिक भएको छ ।
यसले यसअघि आएका सबै खबरलाई पूर्व मिस वर्ल्ड ऐश्वर्याले पूर्णविराम लगाइदिएकी छन् । ऐश्वर्या, अभिषेक, अमिताभ धिरुबाई इनटरनेशनल स्कुलको वार्षिक समारोहमा सहभागी भएका थिए ।
कार्यक्रममा ऐश्वर्या कालो लुकमा देखिएकी थिइन् । ऐश्वर्या कालो सुटको साथ गोल्डेन बोर्डर भएको बनारसी दुपट्टामा निकै सुन्दर देखिएकी छन् ।
सार्वजनिक भिडिओमा ऐश्वर्या श्रीमान् अभिषेक बच्चनसँग कुरा गरिरहेको र हाँसिरहेको देख्न सकिन्छ । यसैक्रममा आफ्ना ससुरा अमिताभसँग पनि कुरा गरिरहेको देखिएकी छन् । यसबाहेक कार्यक्रममा आएकी अमिताभ बच्चनकी नातिनी अगत्स्य नन्दा (छोरीकी छोरी) को गाला समातेर उनलाई स्याहार गरिरहेकी थिइन् ।
ऐश्वर्याकी छोरी आराध्याले स्कुलको वार्षिक समारोहमा पनि परफर्म गरेकी छन् । समारोहमा ऐश्वर्याले आराध्याको परफर्मको रेकर्ड गरिरहेकी थिइन् । अब बच्चन परिवारसँग ऐश्वर्यालाई देखेपछि यो जोडीको बीचमा सबै राम्रै चलिरहेको बताउन सकिन्छ ।