मोटरसाइकल दुर्घटनामा वडासदस्यको मृत्यु आइतबार, पुस १, २०८०

टिपरको ठक्करबाट मामा-भान्जाको मृत्यु, आफन्तद्वारा यातायात बन्दको घोषणा आइतबार, पुस १, २०८० शुक्रबार राति घोराही उपमहानगरपालिका- १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङमा यातायात बन्दको आव्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताए ।

२५ किलो चरेससहित काठमाडौंबाट २ जना पक्राउ आइतबार, पुस १, २०८० पक्राउ पर्नेमा धादिङको गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र कान्छा तामाङ छन् । ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, 'सुराकी पाएपछि शुक्रबार राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।'

विवाह पञ्चमीको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा आइतबार, पुस १, २०८० मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ । मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

आगामी शनिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने आइतबार, पुस १, २०८० आगामी शनिबारदेखि नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि पुस ७ गतेदेखि ३ हप्तासम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सडक हुने भएको हो ।

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना आइतबार, पुस १, २०८० नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

बार्गेन पर्चेज र एफपीओको लाभबाट ४१ संस्थाले बुझाए राजस्व, दुई दिनमै करिब १३ अर्ब रुपैयाँ संकलन शनिबार, मंसिर ३०, २०८० र्जर, प्राप्तिबाट हुने लाभ (बार्गेन पर्चेज) र एफपीओको लाभबाट हुने लाभकर अन्तर्गत साढे १२ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको छ । ठूला करदाता कार्यालयमा शुक्रबार र शनिबार गरी यो राजस्व जम्मा गरिएको हो । कार्यालयका अनुसार शुक्रबार र शनिबार ४ बजेसम्म एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट उक्त...

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राईसहित १८ जनाविरुद्ध रेड कर्नर नोटिसको तयारी शनिबार, मंसिर ३०, २०८० जीबी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन् । सहकारीका बचतकर्ताले आफूहरूको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि फरार जीबी राई, महेन्द्र भोटेलगायतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस जारी गर्ने तयारी भएको हो ।

प्रहरीले बरामद गर्यो २५ सय किलो प्याज शनिबार, मंसिर ३०, २०८० गएराति प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले प्र.२-०४-००१ च ००८४ नं को पिकअप गाडीलाई रोकी जाँच गर्दा बिल बिजक भन्दा बढी लोड गरेको २५ सय किलो प्याज बरामद गरेको हो । बरामद प्याजको मूल्य १ लाख २५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको घटनाको विरोधमा पूर्व-पश्चिम राजमार्ग बन्द शनिबार, मंसिर ३०, २०८० बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गको निजगढ खण्ड बन्द गरिएको छ । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै हडतालका क्रममा बुधबार प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका- १ का २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।

अन्नबाट बनेको सीतारामको प्रतिमा शनिबार, मंसिर ३०, २०८०

एक्ला ज्येष्ठ नागरिकको साथी बन्दै 'बुवा केयर' शनिबार, मंसिर ३०, २०८० झट्ट सुन्दा बाबुको मात्रै सेवा गर्ने संस्था हो कि भनेजस्तो लाग्ने ‘बुवा केयर’ नाम राखिएको संस्थाले सबै ज्येष्ठ नागरिकको सेवा गर्छ। यो संस्थाले ज्येष्ठ नागरिकको स्वास्थ्यको नियमित हेरचाह गर्छ, उनीहरूलाई उमेर अनुसारको मनोरञ्जन पनि गराउँछ र एक्लो छु भन्ने भयबाट मुक्त गराउने प्रयास गरिरहन्छ भन्छन् ‘बुवा केयर’ का सञ्चालक मध्येका...

अमेरिकाबाट आएको ५५ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद शनिबार, मंसिर ३०, २०८० १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए ।









