बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत भएन आइतबार, पुस १, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने आइतबार, पुस १, २०८० चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ ।

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध आइतबार, पुस १, २०८० भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सशस्त्र सीमा दल (एसएसबी) ले अवरोध पुर्याइरहेको बताएका छन् । राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा उनले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा बाधा पुर्याएको पनि जानकारी दिए ।

किशोरी बलात्कार अभियोगमा माओवादी नेता पक्राउ आइतबार, पुस १, २०८० काठमाडौं महानगरपालिका– ३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई प्रहरीले गत साता पक्राउ गरेको हो । पीडित १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन् ।

सकियो एमालेको संकल्प अभियान आइतबार, पुस १, २०८० मंसिर १४ मा बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा आइतबार पूरा भएको छ । पाँचथरको चिवाभञ्ज्याङ पुगेर एमालेको संकल्प यात्रा १८ औँ दिनमा सकिएको हो । अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । ओलीले झन्डोत्तोलन गरेर झुलाघाटबाट...

सिभिल इन्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून आइतबार, पुस १, २०८० स्नातक तहको इन्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बीई), (बीआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल इन्जिनियरिङअन्तर्गत पुल्चोक क्याम्पसमा १०८ स्थान (कोटा) रहेकामा एक स्थान मात्र भर्ना हुन बाँकी छ...

सडक अवरुद्ध गर्ने गाउँपालिका उपाध्यक्ष पक्राउ आइतबार, पुस १, २०८० सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल पनि हुन् । पोख्रेल मृतकका आफन्त हुन् ।
घट्यो सुनचाँदीको मूल्य आइतबार, पुस १, २०८० साताको पहिलो कारोबारको दिन आइतबार आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा आइतबार, पुस १, २०८० जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् ।गोरखाको गण्डकी गाउँपालिका–१ बट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् ।

पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १८ यात्रु घाइते आइतबार, पुस १, २०८० पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ । आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो ।

छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो आइतबार, पुस १, २०८० आज पुस १ गते । काठमाडौंमा छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले छैटौँ राष्ट्रिय झण्डा दिवस मनाएको हो । नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्यालीसमेत निकालेको हो । र्याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।
![सन्दर्भ पुस १ : निर्दलीय व्यवस्था घोषणा गर्दा के भनेका थिए महेन्द्रले [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/mahendra-1702786525.jpg)
सन्दर्भ पुस १ : निर्दलीय व्यवस्था घोषणा गर्दा के भनेका थिए महेन्द्रले [पूर्णपाठ] आइतबार, पुस १, २०८० नेपाली कांग्रेस, नेकपा एमाले लगायतले आजको दिनलाई कालो दिनका रुपमा स्मरण गर्दै आएका छन् । २०१७ पुस १ गते राजा महेन्द्रले तत्कालीन नेपाली कांग्रेसको बहुमतको पहिलो जननिर्वाचित सरकारमाथि कू गरि नेतालाई सेनाको बलमा बन्दी बनाएर निर्दलीय पञ्चायती शासन सुरुआत गरेका थिए ।

विश्वमा वार्षिक ८७ लाख मानिसको धूम्रपानका कारण मृत्यु आइतबार, पुस १, २०८० धूम्रपानको सेवनले फोक्सोको क्यान्सर, मुटुरोग लगायतका रोगहरू लाग्दछ भन्ने त सबैलाई थाहा छ । धुम्रपानले मस्तिष्कलाई संकुचित बनाउँछ र यो लतले मस्तिष्कको समयपूर्व बुढ्यौली निम्त्याउँछ । धूम्रपान छाड्दा मस्तिष्कको तन्तुलाई हुने थप क्षतिबाट जोगाउन सकिन्छ । तर मस्तिष्क पुरानै आकारमा फर्किँदैन भन्ने एक अध्ययनले देखाएको छ ।









