News Griha :: न्यूजगृह
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो । आइतबार नै लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेपछि आर्सनल कम्तिमा १ साता शीर्ष स्थानमा रहने छ ।
माल्दिभ्सले भारतसँगको जलविद्युत सम्झौता रद्द गर्ने
माल्दिभ्सले भारतसँगको जलविद्युत सम्झौता रद्द गर्ने माल्दिभ्समा नयाँ सरकार बनेपछि भारतसँगको सम्बन्धमा दरार बढ्दै गएको छ । यसअघि त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्न भनेका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहमद मोइज्जुले भारतसँग सन् २०१९ मा भएको  जलविद्युत सम्झौता (हाइड्रोग्राफिक सर्भे एग्रिमेन्ट) तोडेको घोषणा गरेका छन् । यो सम्झौता ७ जुन  २०२४ मा नवीकरण हुने थियो ।
बोका चोरेको आरोपमा २ जना पक्राउ
बोका चोरेको आरोपमा २ जना पक्राउ गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका- ५ बर्दबासकी विष्णुकुमारी जोगी कुँवरको खोरबाटै बोका चोरी भएको थियो । त्यसपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । 
कुवेतका अमिरको निधनमा आज नेपालले शोक मनाउँदै
कुवेतका अमिरको निधनमा आज नेपालले शोक मनाउँदै कुवेतका अमिर शेखको निधनमा सोमबार नेपालले शोक मनाउँदै छ ।कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको शनिबार ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा सोमबार शोक मनाउने निर्णय गरेको थियो ।
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, चिसोबाट बच्न सतर्क रहन आग्रह
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, चिसोबाट बच्न सतर्क रहन आग्रह हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
हत्या विदेशमा पक्राउ नेपालमा?, यस्तो छ घटना
हत्या विदेशमा पक्राउ नेपालमा?, यस्तो छ घटना मृतकको श्रीमतीको जाहेरी लिई अनिलविरुद्ध ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस विषयमा काठमाडौं प्रहरीले मलेसियन प्रहरी र मलेसियास्थित नेपाली दूतावाससँगसमेत समन्वय गरिरहेको छ । 
बाजुरामा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु
बाजुरामा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।
नेपाल प्रहरीमा एसपी बन्न प्रतिस्पर्धीबीच रस्साकस्सी, ७ पदका लागि १२ डीएसपीको दौडधुप
नेपाल प्रहरीमा एसपी बन्न प्रतिस्पर्धीबीच रस्साकस्सी, ७ पदका लागि १२ डीएसपीको दौडधुप नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक पद (एसपी)मा बढुवाका लागि १२ जनाको रस्साकस्सी चलेको छ । मंसिर ५ गते एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ५ जना बढुवा भएपछि प्रहरीमा ७ एसपीको दरबन्दी रिक्त छ । एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा...
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।  ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन् ।
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय सरकारले उखु किसानहरूलाई ५२ करोड रुपैयाँ तत्काल भुक्तानी दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा आइतबार सरोकारवालासँग बसेको बैठकले उखु किसानहरूको भुक्तानी गर्न बाँकी रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रुसी सेनामा कार्यरत अर्का नेपाली युवाले ज्यान गुमाए 
रुसी सेनामा कार्यरत अर्का नेपाली युवाले ज्यान गुमाए  रुसी सेनामा अर्का नेपाली युवाले ज्यान गुमाएका छन् । कैलालीको टीकापुर नगरपालिका- १ का ३६ वर्षीय भरत शाहको युक्रेनी सेनासँगको भिडन्तका क्रममा ज्यान गएको हो।युक्रेनी सेनासँगको भिडन्तका क्रममा घाइते भएका उनको उपचार अभावमा मृत्यु भएको जानकारी युद्ध मैदानबाट उनका साथी रोशन थापाले परिवारलाई दिएका हुन्।  
Weather Update