ढुङ्गामा बाघको आकृति मंगलबार, पुस ३, २०८०

चीनमा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, विद्युत र पानी आपूर्ति अवरुद्ध मंगलबार, पुस ३, २०८० नेपालको उत्तरी छिमेकी देश चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ ।चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ६.२ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ ।

मस्तिष्क पक्षाघात भएका बालबालिकाको स्वास्थ्य पुनःस्थापना नेपालमै सम्भव छ : अभियन्ता कार्की मंगलबार, पुस ३, २०८० शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको क्षेत्रमा विगत २० वर्षदेखि निरन्तर काम गर्दै आएकी अभियन्ता रमा कार्कीले मस्तिष्क पक्षाघात भएका बालबालिकाको जीवन सहज बनाउन सर्वाङ्गीण स्वास्थ्य पुनःस्थापना नेपालमै सम्भव भएको बताएकी छन् । उनले बालबालिकालाई गुणस्तरीय स्वास्थ्य आवश्यक रहेपनि त्यसमा सरोकारवाला निकायले ध्यान नपुर्याउँदा अपांगता भएका बालबालिका मारमा परेको बताइन् ।

भारतमा एकै दिन ७८ विपक्षी सांसद निलम्बित मंगलबार, पुस ३, २०८० भारतमा एकै दिन संसद्को दुवै सदनका गरी ७८ जना विपक्षी सांसद निलम्बित भएका छन् ।गत साता संसद्को तल्लो सदन लोक सभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभा कक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै सोमबार विपक्षी सांसदले दुवै सदनमा विरोध गरेका थिए ।

प्रश्नपत्र दिने बहानामा छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ मंगलबार, पुस ३, २०८० कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक सार्कीलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका लागि जाहेरी दिएकी थिइन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज, प्रधानमन्त्री निवासमा बस्ने मंगलबार, पुस ३, २०८० नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ३ बजे बोलाइएको छ।बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएको पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

भारतको तामिलनाडुमा भारी वर्षा, बस्ती डुबानमा मंगलबार, पुस ३, २०८० भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन् । वर्षाका कारण रेल तथा हवाइ सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ । भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलङ्काको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन् ।

आजको मौसम : आंशिक बदलीदेखि सामान्यतया सफा मंगलबार, पुस ३, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ । बिहान पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

नेपाली सेनाले बहुराष्ट्रिय सैन्य अभ्यास सञ्चालन गर्ने, २२ राष्ट्रका सेना सहभागि हुने सोमबार, पुस २, २०८० नेपाली सेनाले बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’ फागुनमा सञ्चालन गर्ने भएको छ । शान्ति स्थापनार्थ सहभागि हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले आयोजना हुने विभिन्न राष्ट्रका सेना सहभागि हुने सो अभ्यास फागुन ८ गतेबाट सुरु हुने एक विज्ञप्तिमार्फत सेनाले जनाएको हो ।
-1696254918.jpg)
पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ सोमबार, पुस २, २०८० ख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जितपुर-सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ ।
-1702886487.jpeg)
त्रिविको दीक्षान्त बन्यो विश्व रेकर्ड सोमबार, पुस २, २०८० त्रिविले विश्व कीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का प्रतिनिधिलाई काठमाडौंमा बोलाएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर)का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री दाहालले एक्सन रुमबाट हेरे सडक निर्माण, भन्छन्– ‘सन्तुष्ट हुन सकिएन’ सोमबार, पुस २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन–पोखरा सडक निर्माणमा ढिला भएको भन्दै असन्तुष्टि जनाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट सोमबार अपरान्ह निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका उनले काम ढिला र गुणस्तरको नभएको भन्दै असन्तुष्टि पोखे ।

अन्डरवर्ल्ड डन दाउद इब्राहिमका कारण पाकिस्तानी पूर्व क्रिकेटरको परिवार नजरबन्दमा सोमबार, पुस २, २०८० अन्डरवर्ल्ड डन इब्राहिमसँग नाता रहेका मियाँदादको पुरै परिवारलाई घरमै पाकिस्तानी सेना र आईएसआईले नजरबन्दमा राखेका छन् । मियाँदाद दाउदका नजिकका नातेदार हुन् ।









