News Griha :: न्यूजगृह
एनसेललाई ६ वर्षभित्र सरकारको स्वामित्वमा ल्याउन राज्यव्यवस्था समितिको निर्देशन
एनसेललाई ६ वर्षभित्र सरकारको स्वामित्वमा ल्याउन राज्यव्यवस्था समितिको निर्देशन संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन र नियम संशोधन गर्न मंगलबार निर्देशन दिएको छ ।मंगलबार समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समिति बैठकमा बोलाएर एनसेलको शेयर खरिदबिक्री बारे छलफल गरेको थियो । बैठकमा सहभागी प्रधानमन्त्री...
राज्यव्यवस्था समितिमा प्रधानमन्त्री : ‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल’
राज्यव्यवस्था समितिमा प्रधानमन्त्री : ‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल’ प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना छोरीहरूको आलोचनालाई व्यवस्थामाथि कै हमला भएको अर्थ लगाएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छोरीमाथि आरोप लगाएर उचाल्ने, पछार्ने र आक्रमण हुने गरेको भन्दै त्यो व्यवस्था विरुद्धकै हमला भएको दाबी गरे ।
जब रवि लामिछानेले प्रधानमन्त्रीलाई माओवादीको घोषणापत्र सम्झाए... 
जब रवि लामिछानेले प्रधानमन्त्रीलाई माओवादीको घोषणापत्र सम्झाए...  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नै घोषणापत्रमा लेखेका विषय प्रधानमन्त्री हुँदा पनि किन कार्यान्वयन नगरेको भनी प्रश्न गरेका छन् ।मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले २०७९ सालको आम निर्वाचनमा प्रधानमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रको घोषणापत्रमा गरेको प्रतिबद्धता पूरा गर्न के कुराले...
भारतमा निलम्बित सांसदको संख्या १४१ पुग्यो [अपडेट]
भारतमा निलम्बित सांसदको संख्या १४१ पुग्यो [अपडेट] भारतमा संसद्को हिउँदे अधिवेशनमा विपक्षी सांसदहरूले विरोध गरेपछि थप ४९ सांसद निलम्बनमा परेका छन् ।यसरी संसद्को इतिहासमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा निलम्बनमा परेका हुन् । आजको समेत गरेर निलम्बित सांसदको संख्या १४१ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी 
निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी  मंगलबार बिहान क्वार्टरभित्र रहेको एक टहरामा आगलागी भएको प्रहरीले जनाएको छ । क्वार्टर निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा आगलागी भएको प्रहरी प्रभाग भैँसेपाटीले जनाएको छ ।
एनसेल प्रकरणमा सरकार गम्भीर छ, दोषी पाइए कारबाही गर्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
एनसेल प्रकरणमा सरकार गम्भीर छ, दोषी पाइए कारबाही गर्न सरकार पछि हट्दैन : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री स्वभाविक नभएकोले सरकार यो प्रकरणमा गम्भीर रहेको बताएका छन् ।मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको जानकारी सञ्चारमाध्यममा चर्चामा आएसँगै त्यसलाई लिएर आफू गम्भीर रहेको बताए ।
३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ
३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ भरतपुर महानगरपालिका–१ आँपटारीबाट करिब ३ सय ८० किलो लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको चितवन प्रहरीले जनाएका छन् । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल छन् ।
राप्रपाको कार्यक्रममा शाकाहारी खाना मात्रै खुवाइने, हिन्दुराष्ट्र पुनर्स्थापनामा बल पुग्ने तर्क
राप्रपाको कार्यक्रममा शाकाहारी खाना मात्रै खुवाइने, हिन्दुराष्ट्र पुनर्स्थापनामा बल पुग्ने तर्क पार्टीका कार्यक्रममा अबदेखि माछामासु खुवाउन नपाइने भनेर अध्यक्षले निर्देशन दिइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले हिन्दुराष्ट्र पुनर्स्थापना लगायत पार्टीले लिएका एजेन्डामा पनि यस्ता निर्देशनले बल पुग्ने तर्क गरेका छन् । ‘राप्रपा नेता, कार्यकर्ताले घरमा त खान मन लागे ननभेज खान पाइहाल्छन्, पार्टीका कार्यक्रममा मात्रै शाकाहारी भोजन गराउन लागिएको हो,’...
बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार?
बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको हो ।
क्रिकेट : अब बलरले एकै ओभरमा २ पटक बाउन्स बल फाल्न पाउने
क्रिकेट : अब बलरले एकै ओभरमा २ पटक बाउन्स बल फाल्न पाउने इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ बाट ठूलो नियम लागू हुने भएको छ ।
प्रचण्डको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्दै, देशवासीका नाममा विशेष सम्बोधन गर्ने
प्रचण्डको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्दै, देशवासीका नाममा विशेष सम्बोधन गर्ने सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् । दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ । 
घट्दै तापक्रम, काठमाडौंमा आज वर्षकै चिसो
घट्दै तापक्रम, काठमाडौंमा आज वर्षकै चिसो चिसो बढेसँगै देशभरका विभिन्न ठाउँको तापक्रम घट्दै गइरहेको छ । काठमाडौं उपत्यकामा समेत चिसो बढेको छ । काठमाडौंको तापक्रम घट्दै गएको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यो यसवर्षको सबैभन्दा कम हो ।
Weather Update