
नेप्से ३८.१४ अंकले बढ्यो, ६ अर्ब ८६ करोडको कारोबार सोमबार, पुस २, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव...

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन बुधबार सोमबार, पुस २, २०८० सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरूको नाम अनुमोदनका लागि बुधबार अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।

बाँकेको कोहलपुरमा टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते सोमबार, पुस २, २०८० बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा नजिकै टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिँदा १३ जना घाइते भएका हुन् ।

मनहरीमा जङ्गली हात्तीको आतंक सोमबार, पुस २, २०८० मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतंक मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ । गएराति आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
![यस्तो देखियो त्रिविको दीक्षान्त समारोह [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/tu-convocation-(14)-1702886490.jpeg)
यस्तो देखियो त्रिविको दीक्षान्त समारोह [तस्बिरहरू] सोमबार, पुस २, २०८०
-1702885097.jpeg)
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री सोमबार, पुस २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।सोमबार ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दीर्घकालीन समाधानका लागि पहल गरिरहेको बताएका हुन् ।
-1702883898.jpg)
ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा सुरु सोमबार, पुस २, २०८० स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्छन् ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त सोमबार, पुस २, २०८० त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।सोमबार दशरथ रङ्गशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरूमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
![थाँक्रोमा राखिएको मकै र पृष्ठभूमिमा धौलागिरि हिमाल [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/makai-2-1702879184.jpg)
थाँक्रोमा राखिएको मकै र पृष्ठभूमिमा धौलागिरि हिमाल [तस्बिरहरू] सोमबार, पुस २, २०८०

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह सोमबार, पुस २, २०८० उनले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कानुनी अड्चन हटाउन प्रधानमन्त्री दाहाललाई आग्रह पनि गरे। काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरू भएको भन्दै काठमाडौं, ललितपुरसँगै उपत्यकाकै विकास एकैसाथ हुनुपर्नेमा उनले जोड दिए ।

आज सुनचाँदीको मूल्य स्थिर सोमबार, पुस २, २०८० आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

समीक्षा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूबीच नै आरोप-प्रत्यारोप, कर्मचारीहरू ट्वाँ सोमबार, पुस २, २०८० बैठकमा सबै मन्त्रालयहरूको चालु आर्थिक वर्षको तीन महिनाको प्रगति रिपोर्ट प्रस्तुत भएको थियो । मन्त्रीहरूको रिपोर्टकार्ड कमजोर देखिएपछि प्रधानमन्त्री दाहाल कर्मचारीकै अगाडि मन्त्रीहरूमाथि खनिएका थिए । प्रधानमन्त्रीका सल्लाहकार र सत्तारुढ दलकै कतिपय नेता र सांसदहरुले समेत सरकारले जनताको अपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाइरहेका बेला मन्त्रीहरूको त्रैमासिक रिपोर्ट कार्डले समेत...


-1702886487.jpeg)






