
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ बाट ठूलो नियम लागू हुने भएको छ ।
यो नियम लागू भएसँगै बलरलाई फाइदा हुने र ब्याट्सम्यानका लागि खतरनाक सावित हुन सक्छ । एक ओभरमा दुई बाउन्स बलको नियम आईपीएल टी-२० क्रिकेट बाट लागू गर्न लागिएको हो। यसको मतलब बलरहरूले अब एउटै ओभरमा दुई वटा बाउन्स बलिङ गर्न सक्नेछन्, जसले उनीहरूलाई धेरै सुविधा दिनेछ ।
अहिलेसम्म बलरले एक ओभरमा एउटा बल मात्र बाउन्स गर्ने नियम थियो । यदि उसले एक ओभरमा एक भन्दा बढी बाउन्स बल गरेमा ‘नो बल’ हुने नियम छ ।
यो नियम खारेज गरी दुईवटा बाउन्स दिनुपर्ने लामो समयदेखि माग थियो । अब यो आईपीएलको आगामी सिजनबाट हुने भएको छ । बलरहरूले एउटै ओभरमा दुईवटा बाउन्स बलिङ गर्न पाउनेछन् ।
यो नियम सैयद मुश्ताक अली टी–२० प्रतियोगितामा प्रयोग भएको थियो र त्यहाँ सफल भएपछि अब आईपीएलमा पनि यो नियम लागू हुनेछ ।
बलरका लागि यो निकै राम्रो खबर हो तर ब्याट्सम्यानको समस्या पक्कै बढ्ने छ । तर, यी नियम लागू भएपछि बल र ब्याटरबीचको द्वन्द्व झनै बढ्नेछ ।
आईपीएल २०२४ को टुर्नामेन्ट मार्च २२ बाट सुरु भई मेको अन्तिम हप्तासम्म चल्ने अपेक्षा गरिएको छ । तर, अर्को वर्ष भारतमा हुन लागेको निर्वाचनलाई ध्यानमा राखी अन्तिम खेल तालिका तय गरिनेछ ।
स्रोत -नेपाल न्यूज ब्याङ्क