काठमाडौंका मुख्य पाँच स्थल निषेधित क्षेत्र बुधबार, पुस ४, २०८०
![रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक [विवरणसहित]](https://newsgriha.com/uploads/posts/forigen1689483105.jpg)
रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक [विवरणसहित] बुधबार, पुस ४, २०८० परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी युक्रेनमा चार जना नेपाली नागरिकहरूलाई बन्दी बनाएको सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फास्ट ट्रयाकको भौतिक प्रगति ६ वर्षमा २८ प्रतिशत मात्रै बुधबार, पुस ४, २०८० काठमाडौं तराई द्रुतमार्ग निर्माणमा भएको ढिलाइलाई लिएर सांसदहरुले चरम असन्तुष्टि जनाएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ६ वर्षमा २८.५६ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिएपछि सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, मृतकको संख्या ६ पुग्यो बुधबार, पुस ४, २०८० परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त बुधबार, पुस ४, २०८० सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राज्यव्यवस्था समितिमा रवि लामिछानेको प्रश्न : फास्ट ट्रयाक हो की कछुवा ट्रयाक? बुधबार, पुस ४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं तराई जोड्न निर्माणधीन फास्ट ट्रयाकलाई चिप्लेकिरा, कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभा अन्तरगतको राज्यव्यवस्था समितिको बैठकमा उनले ७४ सालमा सेनाले जिम्मा लिएको फास्ट ट्रयाकको भौतिक र वित्तिय प्रगति एक चौथाइ मात्र भएको भन्दै फास्ट ट्रयाकलाई चिप्लेकिरा...

२८ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं झर्ने बुधबार, पुस ४, २०८० आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो ।

२ हजार ४७ मतदाताले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने, कूल मतभार ५७ हजार ५५९ बुधबार, पुस ४, २०८० आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन बुधबार, पुस ४, २०८० समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो ।

डलर साटिदिने बहानामा लुटपाट, ८ जना पक्राउ बुधबार, पुस ४, २०८० काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो । उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य बुधबार, पुस ४, २०८० मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

जाजरकोट भूकम्प : नलगाड र जुनीचाँदेका पीडितले पाएनन् सहयोग बुधबार, पुस ४, २०८० लाभग्राहीसँग सम्झौता गर्दा आवश्यक पर्ने कागजात समयमा जुटाउन नसक्दा त्रिपालबाट अस्थायी आवासमा सार्ने योजनामा ढिलाइ भएको प्रजिअ सुनारले बताए । वडा कार्यालयमा दक्ष र पर्याप्त जनशक्ति नहुँदा अनुदान पाउन ढिलाइ भएको पीडितको गुनासो छ । भूकम्पपीडित त्रिपालमा बस्नुपर्ने बाध्यताकाबीच बढ्दै गएको चिसोले धेरै बिरामी पर्न थालेका छन् ।
![पनौतीको इन्द्रेश्वर महादेव मन्दिर [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/indreshwar-mahadev-temple-panauti-1703052464.jpg)
पनौतीको इन्द्रेश्वर महादेव मन्दिर [तस्बिरहरू] बुधबार, पुस ४, २०८०









