News Griha :: न्यूजगृह
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौं— सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

शीतलनिवासबाट प्रकाशित विज्ञप्तिमा संविधानको धारा १ सय २९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपति  पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको उल्लेख छ ।

बुधबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।

न्यायपरिषद्को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १९:०३
Weather Update