घट्दै तापक्रम, काठमाडौंमा आज वर्षकै चिसो

काठमाडौं— चिसो बढेसँगै देशभरका विभिन्न ठाउँको तापक्रम घट्दै गइरहेको छ । काठमाडौं उपत्यकामा समेत चिसो बढेको छ ।
काठमाडौंको तापक्रम घट्दै गएको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस थियो । यो यसवर्षको सबैभन्दा कम हो ।
काठमाडौंमा आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीच रहने महाशाखाले जनाएको छ ।
सोमबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस थियो । मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको थियो ।
आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० ०९:५५