नेपाली सेनाले बहुराष्ट्रिय सैन्य अभ्यास सञ्चालन गर्ने, २२ राष्ट्रका सेना सहभागि हुने

काठमाडौं— नेपाली सेनाले बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’ फागुनमा सञ्चालन गर्ने भएको छ ।
शान्ति स्थापनार्थ सहभागि हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले आयोजना हुने विभिन्न राष्ट्रका सेना सहभागि हुने सो अभ्यास फागुन ८ गतेबाट सुरु हुने एक विज्ञप्तिमार्फत सेनाले जनाएको हो ।
अमेरिकाको ग्लोबल पिस अपरेसन इनिसिएटिभ्सको सहयोगमा सञ्चालन हुने चौथो शृङ्खला फागुन २१ गतेसम्म सञ्चालन हुने छ ।
अभ्यासमा नेपालसहित अमेरिका, अस्ट्रेलिया लगायत २२ देशका सेना सहभागि हुने सेनाले जनाएको छ ।
यसअघि सन् २००० मा नेपालमा पहिलो पटक शान्ति प्रयास सैन्य अभ्यास भएको थियो । सन् २०१३ मा भएको दोस्रो सैन्य अभ्यासमा २३ राष्ट्रका ८ सय ५० र सन् २०१७ मा २९ राष्ट्रका ११३५ सेना सहभागि भएका थिए ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८० २०:३७