ठगी मुद्दाका अभियुक्तलाई दुबईमा पक्राउ गरी नेपाल ल्याइयो शनिबार, मंसिर ३०, २०८०

भारतबाट पसेका हात्ती फर्किएनन्, झापा, मोरङ र सुनसरीमा त्रास शनिबार, मंसिर ३०, २०८० झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ । मेचीनगर नगरपापालिका–४ का हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार गत कात्तिक ३...

सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र शनिबार, मंसिर ३०, २०८० सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्दै प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक सहयोग सङ्गठनको वृत्तिविकासका लागि मार्गदर्शक समेत हुने बताए । सुझाव सङ्कलनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिहंबहादुर श्रेष्ठ र पुष्पराम...

एमालेको संकल्प यात्रा बिथोल्न कोशीमा यातायात बन्द, ६ जना बन्दकर्ता पक्राउ शनिबार, मंसिर ३०, २०८० कोशीमा यातायात बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै कोशीका आन्दोलनकारीले आज बन्दको घोषणा गरेका थिए ।

मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै काठमाडौंवासी आन्दोलित शनिबार, मंसिर ३०, २०८० मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गरी यथाशीघ्र पानी ल्याउन माग गर्दै काठमाडौंका बासिन्दा आन्दोलित बनेका छन् ।यसअघि स्थानीय संघर्ष समिति नै गठन गरी अर्थमन्त्री प्रकाशशरण महत र खानेपानीमन्त्री महिन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र समेत बुझाइसकेका उनीहरूले चरणवद्ध रुपमा विभिन्न कार्यक्रम गरी सरकारलाई दबाब दिइरहेका छन् ।

अभिनेता पल शाहविरुद्धको बलात्कार मुद्दामा सर्वोच्चले सुनुवाइ गर्ने शनिबार, मंसिर ३०, २०८० नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ ।

टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु शनिबार, मंसिर ३०, २०८० मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका- १० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली छन् । मैनाली चढेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका- २ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा ४ ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो...

मेलम्चीको पानी अझै अनिश्चित, काठमाडौंवासी आक्रोशित शनिबार, मंसिर ३०, २०८० तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा चुनावी भाषणमा आफूलाई जिताए मेलम्चीको पानी ल्याइदिने प्रतिवद्धता गरेपछि यसले सार्वजनिक चर्चा पाएको थियो । त्यसयता यो आयोजना निरन्तर राजधानीबासीको चासो र प्राथमिकतामा छ । सरकारले २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेपछि आयोजना अघि बढेको थियो । पछि एसियाली विकास बैंकसँग ऋण...

स्थलगत अवलोकनपछि सांसद पौडेलको निष्कर्ष- मेलम्ची खानेपानी सञ्चालनमा ल्याउन सरकारको चासो देखिएन शनिबार, मंसिर ३०, २०८० उनले सरकारले चाहेमा अस्थायी रूपमा भएपनि तत्कालै मर्मतसम्भार गरेर काठमाडौंलाई पानी खुवाउन सकिने अवस्था रहेको बताए ।शुक्रबार मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मै पुगेर स्थलगत अवलोकन गरेपछि सांसद पौडेलले आयोजना सञ्चालनमा सरकारको कम चासो देखिएको आरोप लगाएका हुन् ।

प्रिमियर लिगमा टोटनह्याम विजयी शनिबार, मंसिर ३०, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ । शुक्रबार राति भएको खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
![१६ सीडीओ र ८ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/home-minister-of-nepal-griha-mantralaya-new-1699088703.jpg)
१६ सीडीओ र ८ सहसचिवको सरुवा तथा पदस्थापन, को कहाँ? [सूचीसहित] शनिबार, मंसिर ३०, २०८० गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक महानिर्देशकको सरुवा गरेको छ। ८ जना सहसचिवको भने पदस्थापना गरेको छ । शुक्रबार गृह मन्त्रालयले सूची निकाल्दै सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरुवा भएको जानकारी दिएको हो।

अकासियो हरियो तरकारीको भाउ, एकैदिन कुरिलोमा चारसय रुपैयाँ बढ्यो शनिबार, मंसिर ३०, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको मूल्य सार्वजनिक गरेको छ । शनिबार प्रतिकेजी ४०० रुपैयाँले मूल्य बढेर कुरिलो एकैदिन १२०० रुपैयाँ पुगेको छ । सोही कुरिलोको मूल्य समितिले हिजो प्रतिकेजी ८०० रुपैयाँ तोकेको थियो ।

एकपटक रेफर गरेका बिमित बिरामीले पुनः रेफर पुर्जी लिन नपर्ने शनिबार, मंसिर ३०, २०८० स्वास्थ्य बीमा बोर्डले अब एकपटक रेफर भई आएका बिमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पुर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो...









