News Griha :: न्यूजगृह
थमन बिक हत्या प्रकरणमा एमाले सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाए

काठमाडौं— सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । महतो हाल फरार छन् ।

जिल्ला अदालत महोत्तरीले बिहीबार सांसद कोइरीलाई सफाइ दिएको हो । आगलागी मुद्दामा पनि कोइरीलाई जिल्ला अदालतले सफाइ दिएको छ । कोइरीसँगै बिक हत्या प्रकरणमा मोहन कापरले पनि सफाइ पाएका छन् । 

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई बिकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लैजादै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १८:०७
समसामयिक
Weather Update