पश्चिमी वायुको प्रभावले तराईमा हुस्सु, काठमाडौंमा चिसो

काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार तराईमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ ।
बिहीबार दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० ०७:०६