News Griha :: न्यूजगृह
शेयर बजार उकालो यात्रामा, मंगलबार ३६.८६ अङ्क बढेर बन्द, चार अर्ब ३० करोडको कारोबार

काठमाडौं— तीन कारोबार हेर्दा शेयर बजार उकालो यात्रामा देखिएको छ । गत आइतबार ६ प्रतिशतले वृद्धि भएको बजार सोमबार १५.४० अङ्कले घटेको थियो । मंगलबार ३६.८६ अङ्क बढेर बन्द भएको छ ।

सोमबार बजार घटेको भए पनि पाँच महिनापछि कै बढी मूल्यको शेयर कारोबार भएको थियो । मंगलबार चार अर्ब ३० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार चार अर्ब ८४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज नेप्से १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा बन्द भएको छ । २९७ धितोपत्रका एक करोड २४ लाख ६३ हजार १६८ कित्ता खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहकै परिसूचक वृद्धि भएको छ । होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.३३ प्रतिशतले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:३९
Weather Update