५ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं— कारोबारको दोस्रो दिन आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।
आइतबार १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले घटेर १ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साथै, आज तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८० ११:१३