प्रभासको फिल्म ‘सलार’मा मेनुका पौडेलले गाइन् गीत

काठमााडैं— दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’मा नेपालकी मेनुका पौडेलले गीत गाएकी छन् ।
आइतबार राति प्रसारित ‘इन्डियन आइडल’ मा मेनुकाले गीत गाउने अवसर पाएको जानकारी दिएकी हुन् । हाल मेनुका इन्डियन आइडलकी प्रतिस्पर्धी छन् ।
उक्त शो'मा मेनुकाले ‘सलार’को लागि गीत गाएको भिडिओ क्लिप प्रसारण गरिएको थियो । ‘सलार’को गीतमा रवि बसरूरले संगीत भरेका छन् । ‘सलार’ २२ डिसेम्बरदेखि प्रदर्शन हुनेछ ।
K.G.F MOVIE DIRECTOR MR.PRASHANT NEEL HAS OFFERED A SONG IN HIS UPCOMING FILM SALAAR TO OUR VERY OWN Ms.MENUKA PAUDEL. pic.twitter.com/KxIA2BvK21
— Nizee Kura (@NizeeKura) December 11, 2023
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८० १२:२५