News Griha :: न्यूजगृह
बझाङमा करेन्ट लागेर एकको मृत्यु
बझाङमा करेन्ट लागेर एकको मृत्यु केदारस्युँ गाउँपालिका –१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो । शनिबार बिहान चौडामबगर नजिक पर्ने धामीराटी कुलोबाट गहुँ खेतमा पानी लगाउन गएका उनको करेन्ट लागेर मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए ।
अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य
अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य यू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको हो ।
एनसेलको शेयर बिक्रीविरुद्ध सांसद सिंहले दिएको रिट हेर्न नभ्याइनेमा
एनसेलको शेयर बिक्रीविरुद्ध सांसद सिंहले दिएको रिट हेर्न नभ्याइनेमा सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको शेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको भनिएको बिक्री रोक्न माग गर्दै शुक्रबार रिट दायर गरेका हुन् । सोही रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको थियो ।
भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
भरुवा बन्दुकको छर्रा लागेर मृत्यु फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो । गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने प्रधानमन्त्रीको आश्वासन
सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने प्रधानमन्त्रीको आश्वासन उनले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै  संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय मानव अधिकारको ७५ औं दिवस मनाइरहँदा हामीलाई जलवायु परिवर्तन, दिगो विकास, प्राकृतिक विपद्हरू, आर्थिक तथा सामाजिक अधिकारहरूको संरक्षण र प्रबर्द्धन गर्ने रणनीति विकास गरी कार्यान्वयनमा एकजुट हुन सन्देश दिएको बताएका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएका अनुसन्धान विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएका अनुसन्धान विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ ।
लुक्ला जाँदै गरेको तारा एअरको आपतकालीन ढोकाको सिसा बाटोमै गायब !
लुक्ला जाँदै गरेको तारा एअरको आपतकालीन ढोकाको सिसा बाटोमै गायब ! काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एअरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।
परस्त्रीसँग होटलमा भेटिए एमालेबाट निर्वाचित वडाध्यक्ष
परस्त्रीसँग होटलमा भेटिए एमालेबाट निर्वाचित वडाध्यक्ष प्रहरीका अनुसार धरान १२ चतरालाइनस्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए । वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएपछि श्रीमान्‌ प्रहरी लिएर होटल पुगेका थिए ।
नेप्सेमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशत बढेपछि आजलाई शेयर कारोबार बन्द 
नेप्सेमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशत बढेपछि आजलाई शेयर कारोबार बन्द  दुई वर्षपछि नेप्से परिसूचक एकै दिन उच्च अंकले बढेको छ। आज नेप्से एकै दिन एक सय ११ बिन्दुले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर बजार बन्द भयो।  १२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टा अघि नै आजलाई बजार बन्द गरिएको छ। चाँडै बन्द भएपछि साविक दिनमा ४ घण्टा...
किन भयो सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित? 
किन भयो सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित?  क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण कानुन व्यवसायी उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो ।  आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।
महन्थ ठाकुरसँग राजेन्द्र महतो आक्रोशित, केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार
महन्थ ठाकुरसँग राजेन्द्र महतो आक्रोशित, केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार आइतबार बस्न लागको लोसपाको केन्द्रीय कार्य समितिको बैठकमा महतोले सहभागी नहुने भएका हुन् । आज बस्ने बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल हुनेछ ।
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
Weather Update