सहोदर ठूलोबुबाको घरमा गोली प्रहार गरी एक करोड मागेपछि... शनिबार, मंसिर २३, २०८०

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’ शनिबार, मंसिर २३, २०८० भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ । पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौं उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए ।

थुनामुक्त भएपछि आचार्य श्रीनिवासले भने, 'म कुनै पार्टी वा व्यक्तिबाट सञ्चालित छैन' शनिबार, मंसिर २३, २०८० शनिबार पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् । उनले देशमा कसैको राजनीतिक यात्रा सहज हुने गरी मौलिक धर्म संस्कृतिमाथि खेलबाड गर्ने ब्यवस्था र परिवेश आएको टिप्पणी गरे । यस विषयमा चिन्तित हुन जरुरी रहेको उनको भनाई छ ।

सभापति देउवाको नेतृत्व क्षमतामाथि कोइरालाको प्रश्न शनिबार, मंसिर २३, २०८० निर्वाचन अघि देखि नै माओवादीसँगको सहकार्यप्रति असन्तुष्टि जनाउँदै आएका नेता कोइरालाले यस्तो सहकार्य कांग्रेसलाई हानिकारक रहेको निष्कर्ष निकालेका छन् । कोइरालाको धारणा छ, कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गरिरहने हो भने कांग्रेस जनतासँग टाढिँदै जाने छ र त्यसले लोकतन्त्रमै नकारात्मक असर पर्नेछ ।
-1702107356.jpg)
पूर्वमा हिमपात, चिसो बढ्यो, जनजिवन प्रभावित शनिबार, मंसिर २३, २०८० मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । हिमपात भएपछि चिसो बढेर लेकाली क्षेत्रको जनजिवन प्रभावित भएको छ । ताप्लेजुङको पाथीभरा र आसपास क्षेत्र, इलामको सन्दकपुर लगायत क्षेत्रमा हिमपात भएको हो ।

किसानले पाएनन् दूधको २२ करोड भुक्तानी शनिबार, मंसिर २३, २०८० जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन् । एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानलेसमेत दूधको मूल्य पाउन नसकेका हुन् ।असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले बताए ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, नागढुंगा सडक अवरूद्ध शनिबार, मंसिर २३, २०८० थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध पारेका छन् । शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

बाइडेन पुत्रलाई आरोपै आरोप, आगामी राष्ट्रपति चुनावमा असर पर्ला? शनिबार, मंसिर २३, २०८० उनीमाथि डेलावेयरमा २०१८ मा बन्दुकको अवैध खरिदसँग सम्बन्धित तीनवटा अपराध र छवटा नयाँ दुराचारको आरोप पनि लगाइएको छ । दोषी ठहरिए ५३ वर्षीय हन्टरलाई अधिकतम १७ वर्षको जेल सजाय हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता शनिबार, मंसिर २३, २०८० विश्वका चर्चित नेताहरूको सूची सार्वजनिक हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै शीर्ष स्थानमा रहेका छन् । ७६ प्रतिशत अनुमोदन रेटिङका साथ उनी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । यसअघि पनि उनी नै शीर्ष स्थानमा थिए ।

सबैभन्दा ठूला मिटरब्याजी बैंक हुन् : शेखर कोइराला शनिबार, मंसिर २३, २०८० काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा उनले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरू भएको बताए । उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरू भए ।’

लापसे गरी गाडी चलाउने ७ चालक प्रहरीको नियन्त्रणमा शनिबार, मंसिर २३, २०८० ट्राफिक प्रहरीले लागूपदार्थ सेवन (लापसे) गरी गाडी चलाउने सात जना चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको नागढुंगा चेकपोस्टमा शुक्रबार गरिएको चेकिङमा लापसे गरी गाडी चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गाजा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो शनिबार, मंसिर २३, २०८० सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेस गरिएको सङ्क्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका थिए । अमेरिकाले भने भिटो प्रयोग गरेको थियो । बेलायत भने मतदानमा सहभागि नै भएन ।

प्रसाईं समूहले एमालेको अभियानलाई अवरोध नगर्ने, पहिचान पक्षधरले के गर्ला?, यस्तो छ सुरक्षा विश्लेषण शनिबार, मंसिर २३, २०८० नेकपा एमालेको महाकाली–मेची अभियानमा दुर्गा प्रसाईं नेतृत्वको समूहले कुनै अवरोध नगर्ने भएको छ । प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले एमालेलाई आफ्नो पूर्वनिर्धारित कार्यक्रम गर्न कुनै अवरोध वा हस्तक्षेपजन्य गतिविधि नगर्ने नीति लिएको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले बताए ।









