News Griha :: न्यूजगृह
यू–१९ एसिया कप क्रिकेट : नेपालले टस जित्यो फिल्डिङ गर्ने 

काठमाडौं— एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।

यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो । दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् ।

यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जीवित रहने छ भने पराजित हुने टोली समूहगत चरणबाटै घर फर्किने छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:१९
Weather Update