नेपालको ब्याटिङ धराशायी
यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको झिनो चुनौती

काठमाडौं— यूएईमा सुरु भएको यू–१९ एसिया कप अन्तर्गत पहिलो म्याचमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपाल ४७.२ओभरमा १५२ रन जोड्दै अलआउट भएको हो ।
उत्तम थापा मगरले ५१, दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रनको योगदान गरे पनि नेपालले सम्मानजनक स्कोर खडा गर्न सकेन ।
पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिएपछि नेपालको ब्याटिङ धराशायी भयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १५:०२