News Griha :: न्यूजगृह
स्टिल्केसद्वारा काठमाडौंमा प्रमुख डिलर शोरुम सुचारु

काठमाडौं— कार्यक्षेत्रको दुनियाँमा डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाडौंमा सञ्चालनमा ल्याएको छ ।

एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसका विभिन्न फर्निसिङ र ब्रान्डहरूको नेपालभर बहुस्तरीय शोरुमहरूमा प्रदर्शन गरिएको छ । स्टिल्केसको भारत तथा विश्वव्यापी रूपमा उत्पादन गरिएका कार्यक्षेत्रका फर्निचरहरूको पहुँच पुर्‍याइरहेको छ ।

कम्पनीका सार्क राष्ट्रहरू तथा भारतका प्रबन्ध निर्देशक तीर्थाङ्कर बासुले भने, 'हामी यहाँ नेपालमा आएर खुसी र गर्वित छौँ । हाम्रो डिलर साझेदारहरू विश्वभरि स्थानीय विशेषज्ञहरूको समुदाय हुन् र हामी फ्युजनसँग साझेदारको रूपमा यहाँ छौँ। हाम्रो संयुक्त प्रयासबाट कार्यस्थललाई अझ प्रभावकारी बनाउन चाहन्छौँ।' 

नयाँ तीन तले शोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ । प्रसिद्ध  चेयरहरू : थिङ्क, जेस्चर, र पर्सनालिटी प्लससहित वर्कस्टेसनहरू माइतीघर मण्डलास्थित शोरूममा प्रदर्शन गरिएको छ । प्रदर्शनमा केही सहायक सङ्कलनहरूको चयन गरिएको छ जुन कम्पनीकै उत्कृष्ट ब्रान्डहरू छन्  र यसमा विश्वप्रसिद्ध डिजाइनरहरूको भूमिका रहेको छ । 

कम्पनीका सार्क राष्ट्रहरू तथा भारतका बिक्री निर्देशक राम मोहनले भने, 'हामी नेपालले स्टिलकेसका लागि प्रस्तुत गरेको अवसरप्रति उत्साहित छौँ। यो विस्तार हाम्रो अत्याधुनिक समाधान र सेवाप्रतिको प्रतिबद्धता अनुरूप छ।'  

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:४५
Weather Update