
काठमाडौं— डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममथि ४–३ को रोमाञ्चक जित हात पारेको छ ।
लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गाब्रिएल ओसोले २५औँ मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए । गाब्रिएल जेससले ४५औँ मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा अग्रता कायम राख्यो । तर दोस्रो हाफको सुरुमै लुटनले लगातार दुई गोल गरी अग्रता बनायो ।
लुटनका एलिजाह एडेबायोले ४९औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । यस्तै रोस बार्कलीले ५७औँ मिनेटमा गवल गरेपछि लुटनले ३–२ को अग्रता बनायो । तर त्यो अग्रता लामो समय टिकेन । ६०औँ मिनेटमा काइ हाभार्टले जेससको पासमा गोल गर्दै खेल ३-३ को अवस्थामा पुर्याए । त्यसपछि राइसले इन्जुरी टाइममा निर्णायक गोल गर्दै आर्सनललाई ३ अंक दिलाउन भूमिका खेले ।
यस जितपछि आर्सनलले १५ खेलबाट ३६ अंक जोडेको छ र दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको सिटीको ३१ अंक छ । लुटन १५ खेलबाट जम्मा ९ अंकसहित १७औँ स्थानमा छ र रेलिगेसन जोनबाट २ अंकले मात्र अघि छ ।