News Griha :: न्यूजगृह
दराज ११.११ सेल: ५० लाखले किने सामान

काठमाडौं— गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौँ ग्राहकले करोडौँको छुट पाएको कम्पनीले जानकारी दिएको छ ।  

कम्पनीका अनुसार यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकहरूले दराजबाट सामान खरिद गरेका हुन् । 

११.११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरू अत्यधिक बिक्री भएको थियो । सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५ सय अर्डर प्राप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा ११.११ सेलमा दराजको बिक्री ४६ प्रतिशतको वृद्धि पनि देखिएको थियो ।  

११.११ सेलको सफलता बारेमा चर्चा गर्दै दराजका प्रबन्धक निर्देशक आँचल कुँवर भन्छिन्, ‘यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरूको लागि उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउनमा प्रतिबद्ध छौँ । र हाम्रो यही उद्देश्यले गर्दा नै हाम्रो ११.११ सेलले यो सफलता प्राप्त गर्न सफल भएको छ ।’

सेलमा ८०० भन्दा धेरै डेलिभरी कर्मचारीहरू खटिएका थिए । सेलमा काठमाडौंदेखि महेन्द्रनगरसम्म करिब ५२२ किलोमिटरको सबैभन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरिएको थियो । 

दराजले काठमाडौं बाहिरका बिक्रेताहरूलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरूबाट सेवा प्रवाह गर्ने गरेको छ। सेलको अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताहरूको सङ्ख्यामा ६ सय प्रतिशतले वृद्धि भएको कम्पनीले जानकारी दिएको छ ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:२६
Weather Update