News Griha :: न्यूजगृह
विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन प्रहरीको आग्रह

काठमाडौं— वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले सचेत गराएको हो ।

पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबर जन्य ठगी गर्ने गरेको पाइएको ब्युरोको भनाई छ । 

वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन’ भनी दिने गरेको पाइएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए  । 

यसरी विदेशी रकम प्राप्त गरे पश्चात् अमुक व्यक्तिले ‘हुन्छ, म तपाईँले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु’ भन्ने गरेको खुल्न आएको तथा उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैक खातामा जम्मा गराइदिने गरेको रायले बताए ।

यसरी विदेशमा दुःख, परिश्रम गरी कमाएको रकम फ्रड/स्क्याम रकम मा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था सिर्जना हुने प्रहरीको भनाई छ । त्यसैले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्युरोले अनुरोध गरेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:४६
Weather Update