प्रधानमन्त्रीको स्पष्टोक्ति- ३१ यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ आइतबार, मंसिर १७, २०८०

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए आइतबार, मंसिर १७, २०८० उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा आइतबार, मंसिर १७, २०८० निराधार, अफवाहपूर्ण, अतिरञ्जित सहितको शीर्षक दिई जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण: तीन जनाले धरौटी बुझाएनन्, बुझाउने तीन जना पनि छुटेनन् आइतबार, मंसिर १७, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएका ७ जना प्रतिवादी आइतबार पनि छुटेनन् । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलले ७ जना प्रतिवादीहरूलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो। उक्त आदेश जारी भएपनि उनीहरू छुटेनन् ।

एनसेलको शेयर बिक्रीमा करछली भएको सांसद अमरेश सिंहको दाबी आइतबार, मंसिर १७, २०८० काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) छली गरिएको आरोप उनले लगाए । खरिदबिक्रीमा ठूलो चलखेल भएको उनको दाबी छ ।

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते आइतबार, मंसिर १७, २०८० मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने छ ।

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न अर्थको निर्देशन आइतबार, मंसिर १७, २०८० अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता...

कोशीका मन्त्रीहरूको जिम्मेवारी बाडँफाँड, माओवादीलाई पर्यटन, एकीकृत समाजवादीलाई भौतिक आइतबार, मंसिर १७, २०८० आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्यान्डब्यागमा आगो लाग्यो आइतबार, मंसिर १७, २०८० एअर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्यान्ड ब्यागमा आगो लागेको विमानस्थल स्रोतले बतायो । थप विवरण आउन बाँकी छ ।

भरुवा बन्दुक पड्किँदा २२ वर्षीय युवकको मृत्यु आइतबार, मंसिर १७, २०८० तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जङ्गलमा २२ वर्षीय सञ्जीव कार्कीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दीपक खड्काले बताए । भरुवा बन्दुक लिएर कार्कीसहित सात जना घरनजिकै जङ्गलमा सिकार खेल्न गएका थिए। कार्कीले भरुवा बन्दुक पड्काउँदा आफैंलाई लागेको थियो ।
सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको कति? आइतबार, मंसिर १७, २०८० महासङ्घले आइतबार ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो...

मंसिर ३० मा समानान्तर सरकार घोषणा गर्दै दुर्गा प्रसाईँ, फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने आइतबार, मंसिर १७, २०८० व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा...

सूर्योदय आइतबार, मंसिर १७, २०८०









