News Griha :: न्यूजगृह
भरुवा बन्दुक पड्‌किँदा २२ वर्षीय युवकको मृत्यु

काठमाडौं—  भरुवा बन्दुक पड्‌किँदा दोलखामा एक युवाको मृत्यु भएको छ । 

तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जङ्गलमा २२ वर्षीय सञ्जीव कार्कीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दीपक खड्काले बताए । भरुवा बन्दुक लिएर कार्कीसहित सात जना घरनजिकै जङ्गलमा सिकार खेल्न गएका थिए। कार्कीले भरुवा बन्दुक पड्काउँदा आफैंलाई लागेको थियो । 

‘शनिबार बेलुकी करिब ११ बजेतिर सञ्जीवले भरुवा बन्दुक पड्काएको र आफैंलाई लागेको उनीसँगै गएका साथीहरूले बयानका क्रममा भनेका छन्,’ उनले भने, ‘घटनाबारे प्रहरीलाई गएराति करिब २ बजेतिर खबर आएको थियो।’ 

प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। प्रहरीले उनीहरूको नाम खुलाएको छैन । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:५५
Weather Update