News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्यान्डब्यागमा आगो लाग्यो 

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ ।

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतीक्षालयमा बसिरहेको बेला ह्यान्ड ब्यागमा आगो लागेको थियो । आगो तत्काल निभाइएको थियो ।

एअर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्यान्ड ब्यागमा आगो लागेको विमानस्थल स्रोतले बतायो ।  थप विवरण आउन बाँकी छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:५३
Weather Update