News Griha :: न्यूजगृह
मंसिर ३० मा समानान्तर सरकार घोषणा गर्दै दुर्गा प्रसाईँ, फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने

काठमाडौं—  व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए ।

उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए । नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरू, युटुबर भनेर हेपिएका मूलधार बाहिरका सञ्चारकर्मीहरूलाई समेत समेटिने प्रसाईँले बताए ।  

प्रसाईँले भने, ‘झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुन्छ ।’

प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा संघको दादागिरी पराजित गर्न सकिएको दाबी गरे । उनले आफ्नो कारण तरुण दल र बाईसीएल जस्ता अरु दलका युवाले राहत महसुस गरेको बताए । 

प्रसाईँले राजा पनि चुप लागेर दरबारभित्र बस्न छाडेर जनताको आँशु पुछ्न सडकमा आउनुपर्ने बताए । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:१७
Weather Update