News Griha :: न्यूजगृह
आफ्नै नेतृत्वमा सरकार गठन गर्दै दुर्गा प्रसाईँ 

काठमाडौं— दुर्गा प्रसाईँले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारी गरेका छन् । प्रसाईँ समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको हो ।

नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने भएको छ । यो सँगै मंसिर ७ गते सुरु भएको प्रसाईँ समूहको काठमाडौंकेन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ ।

समूहको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीका अनुसार नागरिक सरकारको प्रधानमन्त्री दुर्गा प्रसाईँ रहनेछन्। मन्त्रिमण्डलमा कोको रहने भन्नेबारे गृहकार्य भइरहेको कार्कीले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:२१
Weather Update