इटहरीमा खुकुरी प्रहार गरी वृद्धाको हत्या

सुनसरी— इटहरीमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ ।
इटहरी २ शान्तिझोडास्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षीया मधुमाया पुरीको हत्या भएको हो ।
पुरीको ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेका हुन । खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी मधुमायाको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० १६:४२