काठमाडौं— इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट भएपछि ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जना आरोही बेपत्ता छन् ।
स्थानीय अधिकारीहरूका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकालिएको थिएन । ‘त्यहाँ २६ जना छन् जसलाई बाहिर निकालिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन् ।
सोमबार सोही क्षेत्रमा एक सानो ज्वालामुखी विस्फोट भएपछि उद्धारकर्मीहरूलाई कार्य कठिनाइ भएको र उद्धार कार्य केही समयलाई स्थगित गर्न बाध्य भएको खोज उद्धार एजेन्सीका प्रमुख अब्दुलले बताएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
माउन्ट मारापी ज्वालामुखीको खतरा रहेको इन्डोनेसियाको चार–चरण चेतावनी दिइएको स्केल क्षेत्रमध्ये दोस्रो चेतावनी स्तरमा रहेको बताइएको छ ।