ललितपुरबाट १५ जुवाडे पक्राउ

ललितपुर— कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई आइतबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का २३ वर्षीय सोमराज घ्यावासमेत १५ जना छन् । श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ७३ हजार १ सय १० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० ०९:५९