News Griha :: न्यूजगृह
एटलेटिकोमाथि बार्सिलोना विजयी
तस्बिर : एपी/रासस

काठमाडौं— जाओ फेलिक्सले गरेको एक मात्र गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई १–० ले हराएको छ ।

पोर्चुगाली खेलाडी फेलिक्स एटलेटिकोबाट ऋणमा बार्सिलोना छन् र उनले नै यस खेलमा निर्णायक गोल गरे । यो जितपछि बार्सिलोना ३४ अंकमा तेस्रो स्थानमा उक्लेको छ । रियल म्याड्रिड र जेरोना समान ३८ अंकमा शीर्ष दुई स्थानमा रहेका छन् । एटलेटिको भने ३१ अंकमा चौथो स्थानमा रह्यो ।

अन्य खेलमा सेभियाले भिल्लारियलसँग १–१, मार्लोका र एलाभेसले गोलरहित तथा आल्मेरिया र रियल बेटिसले पनि गोलरहित बराबरी खेले ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०७:२३
Weather Update