News Griha :: न्यूजगृह
ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र २ छोरा घाइते

तनहुँट्रकले ठक्कर दिँदा शनिबार तनहुँमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमाद नगरपालिका– ९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते छन् । घाइते तीनै जनाको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०६:४९
Weather Update