News Griha :: न्यूजगृह
मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।

उनको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । घटना शनिबार साँझ करिब ७ बजेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका— ४ पुरानो चौकी नजिक प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलङ्गवाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो । मृतक सवार मोटरसाइकल चालक फरार छन् । पोस्टमार्टमका लागि शवलाई प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १०:३१
Weather Update