बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बाजुरा— बाजुराको पूर्वीउत्तर भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै बिहीबार दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते छन् ।
मृत्यु हुनेमा मुगुको खत्याड गाउँपालिका– ९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नं को बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो ।
सो दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए । जीप चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १५:३०