News Griha :: न्यूजगृह
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

काठमाडौं— नेपाल प्रिमियर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरी भएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा दुबै टीमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । एनएसएलको पहिलो खेल जितेका दुबै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।

दुबै टीमले गोलका केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेनन् । यस सिजनको यो पहिलो गोलरहित बराबरी हो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:५७
Weather Update