३० हजार घूससहित नेपाल प्रहरीका सई पक्राउ

काठमाडौं— घूस बापत लिएको ३० हजार रुपैयाँसहित बर्दियाबाट एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत सई पवन साउद पक्राउ परेका हुन् ।
लागूऔषध मुद्दा मिलाइदिने गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मंगलबार पक्राउ गरेको हो ।
आयोगको टोलीले उनलाई ३० हजार रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले बताए । सई साउदलाई इलाका प्रहरी कार्यालय मैनापोखरको मुद्दा शाखाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० २०:२७













