News Griha :: न्यूजगृह
ताप्लेजुङमा अनेरास्ववियुका नेतामाथि खुकुरी प्रहार

काठमाडौं— ताप्लेजुङमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला सहसंयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

सोमबार बिहान सवा १० बजे फुङलिङ नगरपालिका ४ पाथीभरा होटल नजिकै विवेक बानियाँमाथि खुकुरी प्रहार भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी ऋषिराम कँडेलले जानकारी दिए ।

बानियाँमाथि सोही होटल नजिक बस्ने ३२ वर्षीय प्रेमराज लिम्बूले खुकुरी प्रहार गरेको एसपी कँडेलले बताए । उनका अनुसार लिम्बू र बानियाबीच पुरानो लेनदेनको विषयमा झगडा भएको थियो । त्यसैबीच लिम्बूले खुकुरी प्रहार गरी बानियाँलाई घाइते बनाएका हुन् । 
बानियाँको दाहिने घुँडामा चोट लागेको छ ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएको छ। प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन् । प्रेमराज लिम्बू घटनापछि फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १७:५१
Weather Update