रिसोर्टमा कौडा खेलिरहेका १६ जना पक्राउ

कास्की— पोखरा महागनरपालिका– २१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा कौडा खेलिरहेका १६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका सञ्चालक पोखरा महानगरपालिका– ३३ का ३८ वर्षीय सन्तोष गुरुङसमेत १६ जनालाई गएराति पक्राउ गरेको हो । उनीहरूको साथबाट ५ लाख ५ हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० १२:५१













