News Griha :: न्यूजगृह
खैरो हेरोइनसहित काठमाडौंबाट दुईजना पक्राउ

काठमाडौं— चन्द्रागिरि नगरपालिका– २ स्थित चेक प्वाइन्टबाट लागूऔषध खैरो हेरोइन सहित करिब ९ ग्राम ५० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विक छन् ।  

भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र लुकाएर खैरो हेरोइन ल्याइएको अवस्थामा फेला पारेको हो । 

यसैबीच, प्रहरीले इलामको माई नगरपालिका–३ चियाकमानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम तीन सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदीपकुमार दनुवारलाई सोमबार पक्राउ गरेको छ । प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १३:३९
Weather Update