News Griha :: न्यूजगृह
धनुषामा महिलाको शव भेटियो

काठमाडौं— धनुषाको धनौजी गाउँपालिका– ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरिएको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले बताए ।  उनले दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने बताए ।  

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:२३
Weather Update