News Griha :: न्यूजगृह
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो ?

काठमाडौं— नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।  आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रुपैयाँ बढी हो । 

अघिल्लो दिन अर्थात् सोमबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।  सोमबार प्रतितोला १ हजार पाँच सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:४१
Weather Update